दाङ, ३ जेठ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सोमबार राति तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपालीसहित ४ जनालाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग ख़रीद गरी ल्याएको खुलेपश्चात बाल्मिकीको कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्