राजनीति

कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै कार्यकर्ताले गरे हातपात



विराटनगर, ३ जेठ । आफ्नै कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि आज बिहान अन्सारीकै घरमा कार्यकर्ताहरुले हातपात गरेका हुन् ।

व्यावसायी समेत रहेका अन्सारी विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन् । सो वडामा नेपाली कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । आलम जसपाका उम्मेदवार समिम कमर मियाँसँग ५०६ मतले पराजित भएका थिए । कमर १४५० मतसहित विजयी हुँदा आलमले ९४४ मत प्राप्त गरे ।

आफ्ना पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको आरोप लगाउँदै कार्यर्कताले उनीमाथि हातपात गरेका थिए । अन्सारीले मंगलबार आफ्नै घरमा निर्वाचन समीक्षा छलफल राखेका थिए । छलफलका क्रममा उनीमाथि हातपात भएको हो । हातपात भएको विषयमा आलमले इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षसँग छलफल गरेको छ ।