काठमाडौँ, ४ जेठ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज गृह मन्त्रालयमा उनीहरुबीच भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको बताइएको छ ।
गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिएका थिए । भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौंबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्