काठमाडौँ, ४ जेठ । प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हानान गोडरबीच जङ्गी अड्डामा भेटवार्ता भएको छ ।
प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाकारी दिएको छ ।
उक्त भेटवार्ताले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।










प्रतिक्रिया दिनुहोस्