काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।
प्रतिनिधिसभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रियसभाको १२औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०७० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहनेछ । संसद्मा हिजोदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।
यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
19 May 2022 08:03 AM










प्रतिक्रिया दिनुहोस्