बारा, ५ जेठ । बारामा हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुवैजनाले हातहतियार बोकी गाउँघरमा हिँडिरहेका सूचनापछि खटिएको प्रहरीले निजगढ नगरपालिका–११, रतनपुरबाट एकथान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाइप दुईथान, रड र नकसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुँवर र २० वर्षीय शिव कुँवर रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्