सिरहा, ५ जेठ । सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेबाट मेयरमा नवीन कुमार यादव र उपमेयरमा बबिता कुमारी साह निर्वाचित भएका छन् ।
मेयरमा नवीनकुमार यादवले ११ हजार १४३ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र कुमार यादव ८ हजार ७३२ मत ल्याए ।
त्यस्तै उपमेयरमा एमालेकी साह निर्वाचित भइन् भने १० हजार १२६ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता कुमारी यादवले ८ हजार ५७७ मत ल्याइन् ।










प्रतिक्रिया दिनुहोस्