राजनीति

रेणुको बढ्यो थप अग्रता



चितवन, ७ जेठ । भरतपुर महानगरपालिकामा रेणु दाहालले थप अग्रता बनाउनुभएको छ ।

शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उहाँले ५१३३ मतको अग्रता बनाउनुभएको हो । रेणुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाउनुभयो । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाउनुभयो । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाउनुभएको छ ।