Banner News

काठमाडौँ -८ मा कांग्रेसको प्यानलै विजयी



काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान संगत अध्यक्षमा विजय भएका छन् ।

संगतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । उनको प्यानल नै निर्वाचित भएको हो ।

संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भएका छन् । महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजयी भए ।

हाल कामपा वडा नम्बर–१, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी, वडा नम्बर–७, ९, १०, २४, २५, २६, २७ र ३१ को मतगणना कार्य जारी छ । कामपामा कुल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३.४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । रासस