कपिलवस्तु, ७ जेठ । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका गोपालबहादुर थापाले जनता समाजवादी पार्टीका जानकीप्रसाद यादवलाई ५ हजार ४ मतान्तरले पराजित गरेका छन् ।
थापाले ५ हजार ८३८ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी यादवले ५ हजार ३४३ मत ल्याएका थिए । त्यस्तै, उपप्रमुखमा एमालेकै लक्ष्मीकुमारी चौधरी विजयी भएकी छन् । उनले ४ हजार ९३० मत ल्याइ विजयी भएकी हुन् ।










प्रतिक्रिया दिनुहोस्