कैलाली, ८ जेठ । कैलालीको गौरीगंगा नगरपालिका–३, कुचौनीमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते छिन् ।
प्रहरिका अन्सुअर आज बिहान कुचौनीस्थित पूर्व–पश्चिम राजमार्गमा से१त ६८२७ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।
घाइते भएकी स्कुटरमा पछाडि सवार सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा पठाइएको छ ।
उक्त ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्