विश्व

विश्वका १४ देशमा ‘मंकीपक्स’ भाइरस फैलियो : डब्ल्यूएचओ



एजेन्सी, ९ जेठ । विभिन्न १४ देशमा ‘मंकीपक्स’ भाइरसको संक्रमण फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार ‘मंकीपक्स’ भाइरस फैलिएका देशहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण पुष्टि भइसकेको छ ।

डब्ल्यूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने डब्ल्यूएचओले जनाएको छ ।