कपिलवस्तु, ९ जेठ । जिल्लाको कृष्णनगर नगरपालिका-११, सौनहवामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
प्रहरीका अनुसार हिजो बेलुका करिब सवा ८ बजे कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु७५प ४१३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीनजना सवार लु८प १५०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा घाइते भएका १५०२ नम्बरको मोटरसाइकलका चालक कृष्णनगर नगरपालिका-१०, बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका अर्को मोटरसाइकलका चालकसहित चारजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्