Banner News

शिवसताक्षी नगरपालिकामा एमाले विजयी



झापा, ९ जेठ । जिल्लाको शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी भएको छ ।

गठबन्धलाई हराउँदै मेयर पदमा नेकपा एमालेका मेगाहाङ्ग थोप्रा विजयी भएका हुन । उनले १६ हजार ४ सय ९८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका परशुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याएका छन ।

यस्तै, उपमेयरमा एमालेकी नरमाया कार्की १४ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भयेकी छन । उनको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महेन्द्र भट्टराईले ९ हजार ५ सय २५ मत प्राप्त गरेका छन ।