काठमाडौँ, ९ जेठ । सरकारले मन्त्रिपरिषद बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन ।
उनका अनुसार सार्वजनिक १४ वटा निर्णयहरु:
१. बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मी लगाएतसवैमा धन्यवाद दिने निर्णय गरेको छ ।
२. बैठकले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।
३. बैठकले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन करिव ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
४. बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
५. बैठकले नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
६. बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।
७. प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समुहको प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
८. स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।
९. २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरूमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।
१०. कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत दिने निर्णय गरेको छ ।
११. वन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
१२. सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
१३. नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।
१४. कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्