कास्की, १० जेठ । पोखरा महानगरपालिका वडा नम्बर १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुन: मतगणनाको माग गरेको छ ।
एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले फेरि मतगणनाको माग गरेका हुन । न्यौपानेले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताएका छन ।
एमालेका उम्मेदवार थापाले १ हजार ६ सय ४० र वडा अध्यक्षमा निर्वाचित कांग्रेसका शिव तिमिल्सिनाले १ हजार ६ सय ४३ मत प्राप्त गरेका छन ।










प्रतिक्रिया दिनुहोस्