Banner News

आजदेखि तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान



काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो । मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ ।

महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ ।