Banner News

बालेन साहको सुरु भयो धन्यवाद र्याेली



काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बाेलेन निर्वाचित भएको औपचारिक घोषणा भएको छ ।

सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए ।