Banner News

सभामुखद्वारा मन्त्री बडूको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ



काठमाडौँ, १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नको जवाफ दिँदा प्रयोग गरेको संसदीय मर्यादाविपरीतका शब्द हटाउन सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिबारे मन्त्री बडूले ओलीको अभिव्यक्ति निराधार र झुठो रहेको भन्दै ओलीले स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।

त्यसपछि, एमाले सांसदहरूले मन्त्री बडूले असंसदीय शब्द प्रयोग गरेको भन्दै संसद् बैठक नै अवरोध गरेका थिए सभामुख सापकोटाले मन्त्रीले बोलेका ती शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि बैठक पुनः सुरु भएको छ ।