समाचार

सर्पले डस्दा एक जनाको मृत्यु



बैतडी, १४ जेठ । जिल्लाको सिगास गाउँपालिकामा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीका अनुसार सिगास गाउँपालिका–७ नुवाघरका ५५ वर्षीय करे दमाइलाई आफ्नो घरमै सुतिरहेका बेला शुक्रबार सर्पले डसेकाे थियो ।

सर्पले डसेको केहीबेरमै उनको मृत्यु भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।