जेनेभा, १४ जेठ । विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् ।
मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् । यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि संक्रमण छिटोछिटो धेरैजनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।
डब्ल्यूएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्