समाचार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



विराटनगर, १५ जेठ । मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मोरङ प्रहरी अनुसार को १० प ३५९९ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका-११ का २५ वर्षीय राजेश धिमाल र पछाडि सवार २४ वषर्ीय अनिल चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा चौधरीको राति ९ः४० बजेतिर र धिमालको आज बिहान ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस र सडकमा रोकेर राखेको को २ त ८५५९ नम्बरको ट्याक्टरमध्ये कुन सवारी साधनमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो भन्ने यकिन भइसकेको छैन । बस र ट्याक्टर तथा दुवै सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।