Banner News

राज्यको अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीमाथि प्रहार भइरहेको छः अध्यक्ष ओली



काठमाडौँ, १५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिभिन्न षडयन्त्रका कारण थाँती रहेका राष्ट्रिय समृद्धिका पाइलाहरुलाई उचाइमा पुर्याउन सबै तह र तप्कासँग एमाले सधैं सँगै रहने अठोट गर्नुभएको छ ।

गणतन्त्र दिवशका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले राज्यका सम्पूर्ण अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीमाथि नै प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।