काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्बाट बजेट पारित भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट पारित गरेको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ ।










प्रतिक्रिया दिनुहोस्