विश्व

सुनखानी भिडन्तमा एकसय जनाको मृत्यु



लोउवाना, १७ जेठ । अफ्रिकी मुलुक चडको उत्तरी विकट क्षेत्रमा अवैध सुनखानीका कामदारहरूबीच भिडन्त हुँदा करिब एक सयजनाको ज्यान गएको र अन्य चालिस जना घाइते भएको सरकारले जनाएको छ ।

रक्षामन्त्री दाउद याया ब्राहिमले दुईजना व्यक्तिबीचको सामान्य विवादबाट त्यत्रो काण्ड मच्चिएको एएफपीलाई बताएका छन् । लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् ।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो । केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् । राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनस्र्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ । बीबीसी