काठमाडौँ, १७ जेठ । नेकपा एमालेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटको भण्डाफोर गर्ने भएको छ ।
सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको झण्डाफोर हुने गरी जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्