काठमाडौँ, १७ जेठ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गर्नुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता तामाङले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गर्नुभयो । मृगौला प्रत्यारोपण निःशुल्क गर्ने योजनाको तारिफ गर्दै १० करोड रुपैयाँ मात्रै बजेट विनियोजन गरिएकोमा प्रश्न उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘मृगौला प्रत्यारोपण गर्न १० करोड बजेट छुट्याइएको छ । त्यो बजेटले कति जनाको मृगौला प्रत्यारोपण गर्ने ५/१० जनाको हो ?’
बजेटमा स्वास्थय बीमामा ‘कम्पनी’ शब्द उल्ले गरिएको विषयमा समेत आशंका गर्दै उहाँले कम्पनी शब्द राखिँदा स्वास्थ्य बीमाको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको हो भनेर प्रश्न गर्नुभयो । यदी त्यस्तो भएमा नेपालको स्वास्थ्य बीमा थप महँगो बन्ने तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्