राजनीति

कार्यक्षमता नभएकालाई टिपेर बढुवा गर्दिन : आईजीपी सिंह



काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षकमा नियुक्त भएको ठिक एक महिनामा धिरज प्रताप सिंहले नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले प्रहरीको सरुवा र बढुवा सधैँ विवादमा पर्ने गरेको भन्दै मेरिट बेसमा बढुवा गरिने दावी गरेका छन् । ‘कार्यक्षमता नभएकालाई तलबाट टिपेर ल्याउँदिन’ सिंहले भने–‘ब्याचमा बेस्ट भएकाहरु अगाडी आउँछन् ।’ दक्षता नभएका तर, शक्तिकेन्द्र धाउने अधिकृतहरुको रेकर्ड राख्न थालिएको जानकारी दिँदै उनले भने–‘सोर्सफोर्सकै आधारमा सरुवा र बढुवा गरिँदैन ।’

उनले स्थानीय निर्वाचनमा गलत काममा संलग्न भएका प्रहरी अधिकृतहरूलाई कारवाही गरिने सिंहले बताए । १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सो हत्यामा संलग्न आरोपी अझै पक्राउ परेका छैनन् । १३ वर्षिया निर्मलाको हत्या अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको आईजीपी सिंहले बताए । ‘निर्मलाको हत्याबारे गहन अनुसन्धान भइरहेको छ’ सिंहले भने–‘मेरो कार्यकालमा सो विषय प्राथमिकतामा रहन्छ ।’