समाचार

ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



बाँके, २० जेठ । बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।