काठमाडौँ, २० जेठ । नेकपा एमालेका सांसद झपड रावलले सरकारले जनताको हितमा नरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठक सार्वजनिक महत्त्वको प्रस्तावमाथि बोल्दै नेता रावलले सरकारले जनतालाई ठगिरहेको बताए ।
उनले सरकारले जनलाई ठगिरहेको बताए । “यो सरकार । जनतालाई ढाँट्नका लागि । साँच्चैभन्दा ठग्नका लागि बनेको भन्ने कुरा सरकारको व्यवहारबाट देखिरहेको छ ,” उनले भने ।
रावलले महँगीले जनताको ढाड सेकिरहेको बताए । सरकारले अघिल्लो दिन आश्वासन बाँडेर चुनावको एक दिनपछि नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको र जनताको पक्षमा सरकार नरहेको उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्