खोटाङ, २१ जेठ । खोटाङमा मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो ।
श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दै आएका छन् । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको प्रहरीले जनाएको छ । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् ।










प्रतिक्रिया दिनुहोस्