काठमाडौँ, २१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले जानकारी दिनुभयो । स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गर्नुभएको थियो । पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उहाँले बताउनुभयो ।
बडालले भन्नुभयो, ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ ।पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्