राजनीति

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ: अध्यक्ष थापा



विराटनगर, २१ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितीको माग र आवश्यकता अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था आवश्यकता रहेको औंल्याउनुभएको छ ।

प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली राप्रपा नेपालको प्रस्ताव रहेको बताउनुभयो ।

राप्रपा नेपाल र पार्टीको भावी योजना तथा कार्यदिशाका बारेमा स्पष्ट पार्दै अध्यक्ष थापाले धार्मिक, सांस्कृतिक पक्ष र महत्त्व, आर्थिक अवधारणा, बेरोजगारी समस्या, बढ्दो भ्रष्टाचार, कुशासनलगायतको चर्चा गर्दै राप्रपा नेपाललाई मुलुकको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो ।