काठमाडौँ, २२ जेठ । सरकारले रगतको मूल्य बढाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको हो । यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो ।
मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो । ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्