समाचार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



पोखरा, २३ जेठ । कास्कीको पोखरा महानगरपालिका-२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाका अनुसार हिजो बेलुका पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ । बस चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।