काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ ।
आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो ।










प्रतिक्रिया दिनुहोस्