राजनीति

दुई दिन विदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ, २३ जेठ । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै रिट दायर गरेका हुन् ।

उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।