समाचार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



सप्तरी, २४ जेठ । सप्तरीको खडक नगरपालिका–५, रन्जीतपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका करिब साढे ७ बजे स१०प ४६११ नम्बरको स्कुटरलाई ना६ख ६३९९ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा सुरुंगा नगरपालिका–३ का अन्दाजी ६७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा बेलुका सवा ८ बजे मृत्यु भएको जनाइएको छ । दुवै सवारीसाधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।