राजनीति

प्रधानमन्त्रीलाई लोसपाले बुझायो ११ बुँदे ज्ञापनपत्र



काठमाडौं, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

त्यस्तै, उसले वर्षे बालीको सन्दर्भमा मलखादको व्यवस्था मिलाउन पनि सुझाएको छ । कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।