समाचार

पोखरीमा डुबेर एक जनाको मृत्यु



महोत्तरी, २६ जेठ । जिल्लाको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

किशोर सदाकी छोरी ६ वर्षीया आँचलको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस