काठमाडौँ, २६ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्न नसकेको बताएकी छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले मुख्यगरी अहिले कक्षा ६ र ८ को पुस्तक अभाव भएको बताइन् । उनले भनिन्, “कक्षा ६ र आठको पुस्तकको अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन् “यदि, छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ ।
पाठ्यपुस्तक छपाइ गर्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा सामग्री केन्द्र नै खारेज गर्न उनले माग गर्दै उनले थपिन् “यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्दैन ? उहाँहरू जवाफदेही बन्नुपर्दैन ?, “बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।” उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजीलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन् ।










प्रतिक्रिया दिनुहोस्