समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु



सप्तरी, २६ जेठ । सप्तरीको बोदे बर्साइन नगरपालिका-३ मधुवनमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो गाईभैंसी चराउन खेतमा गएको बेला बोदे बर्साइन नगरपालिका-३ मधवन बस्ने ५६ वर्षीय रामजी यादव र सोही गाउँ बस्ने ८० वर्षीय सत्यनारायण यादवको मृत्यु भयको हो ।

चट्याङ लागेपछि उनीहरूलाई उपचारको लागि बोदे बर्साइन लाईफ लाइन केयर हस्पिटल प्रा.ली लग्ने क्रममा बाटाेमै मृत्यु भएको हो ।