काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले आज गृहमन्त्री बालकृष्ण खाँणलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठकमा नै सांसदहरुले मिटर व्याजीलाई पक्राउ गरेर कारबाही गर्न सरकारसँग माग गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्