राजनीति

मन्त्री झाँक्रीले मागिन् माफी



काठमाडौँ, २७ जेठ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् ।

आज फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा बोल्दै मन्त्री झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गरेकी हुन् ।

सो छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गरे । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताइन् । उनले भनिन् ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’