समाचार

नारायणघाट-मुग्लिन सडक खुल्यो



काठमाडौँ, २८ जेठ । पहिरो खसेर अवरूद्ध भएको नारायणघाट-मुग्लिन सडक खुलेको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो ।

पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन प्रहरीले जनाएको छ। पहिरो पन्छाउँदै गाडी खुलाउँदै गरिए पनि पानी परिरहेकाले सडक पूर्णरूपमा खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले गाडी चापमा चलिरहेका र जाम रहेको प्रहरीको भनाइ छ ।