समाचार

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



धनुषा, २८ जेठ । धनुषामा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मिथिला नगरपालिका ५ औरही पुलमा गएराति हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ना ७ ख ९०३१ नम्बरको ट्रकमा १२ सोही दिशातर्फ जाँदै गरेको ना ५९ प ७४ ६३ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट घर भएका सशस्त्र प्रहरी गुल्म जनकपुर दरबन्दी भई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद गुप्ता छन् । गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।