काठमाडौँ, २९ जेठ । पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ ।
पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।
२०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो । थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए ।










प्रतिक्रिया दिनुहोस्