काठमाडौँ, २९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा सरकारको जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका विषयमा विभिन्न चर्चा हुन थालेको भन्दै यस विषयमा सरकारले सदनमा स्पष्ट जानकारी दिनुपर्ने बताए ।
दुई दिनअघि सदनमा सत्ताघटक एक दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भनाइ राख्नु सामान्य नभएको भन्दै उनले प्रधानमन्त्रीको आसन्न भ्रमणले आशंका उत्पन्न भएको बताए ।










प्रतिक्रिया दिनुहोस्