काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने बैंकलाई करछुट नहुने बताएका छन् ।
आज बसेको कार्यपालिका बैठकमा बोल्दै उनले भने, “हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ । रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छाैँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैँकले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् । रेस्टुरेन्टभन्दा बैंकको कर धेरै हुन्छ, “सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ । रेस्टुरेन्ट बिहानैदेखि सुरु हुन्छ । महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता हुनेछ ।”
महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्