समाचार

भक्तपुरमा एक पुरुषको शव फेला



भक्तपुर, २९ जेठ । भक्तपुरको मध्‍यपुर थिमी नगरपालिका-८ बोडेमा पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा थिमी नगरपालिका ८ बस्‍ने ५१ वर्षीय कल्‍याण साहु मृत अवस्थामा फेला परेका हुन ।

हत्‍या भएको आशंकामा केही व्‍यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक साहुको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।